काठमाडौं ५, साउन । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने भएको छ। आगामी भदौ १ गतेदेखि उडान खुला गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।
प्रोटोकल ‘कार्यविधि’ बनाएर खुला गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए। मन्त्रालयले नै कार्यविधि तयार गर्ने भएको छ।
कोरोना संक्रमणको महामारी फैलिएपछि सरकारले गरेको लकडाउनका कारण गएको चैत देखि नै आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द छ।
सरकारले यसअघि नै जिल्लाभित्र मात्रै चल्ने गरी सार्वजनिक सवारी पनि खुला गरेको छ। त्यसअघि भने निजी सवारी सञ्चालन गर्न सरकारले दिएको थियो।
संक्रमणको महामारी फैलिरहे पनि जनजीवन लकडाउनले अस्तव्यस्त भएपछि व्यवस्थित ढङ्गले खुला गर्नुपर्ने आवाज उठ्दै आएको छ।
प्रतिक्रिया