काठमाडौं, ५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका २ जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका एकजना, सुनसरीका ४ जना र इलामका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका एकजना र झापाका २ जना, जगेन्द्र नारायणसिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका एकजना र सप्तरीका ९ जना संक्रमित भएका छन् ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २ जना, नारायाणी अस्पताल वीरागंज प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ४ जना र बाराका ४६ जनामा संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, सर्लाहीका २३ जना र सोलुखुम्बुका ४ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एकजना संक्रमित भएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका ८ जना र लमजुङकाएकजना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका २ जना र स्याङ्जाका एकजना संक्रमति भएका छन
।
भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २ जना, रोल्पाका ४ जना, सल्यानका २ जना , रुकुमपूर्वका ७ जना र दाङका ५ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा दाङकाएकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका एकजना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एकजना, सल्यानका एकजना, सुर्खेतका ४ जना, हुम्लाका एकजना र कालिकोटका एकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डोटीका ४० जना संक्रमित भएका छन् ।
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका एकजना संक्रमित भएका छन् ।
प्रतिक्रिया