२० माघ २०८१, आइतबार । February 2, 2025

International

युएइले अन्तरिक्षमा पठायो ‘द होप’



काठमाडौं ५, साउन । युएइले मङ्गल ग्रहको अध्ययन र अन्वेषणका गर्न यान पठाएको छ। ‘द होप’ नाम दिइएको यान पठाएको हो।

जापानको तानेगाशिमा स्पेस पोर्टबाट पठाएको यान अन्तरीक्षमा पाँच सय मिलियन किलोमिटर यात्रा तय गरेपछि मंगल ग्रहमा पुग्नेछ ।

अन्तरिक्षमा युएइको यो पहिलो कदम हो। तेस्रो पटकमा मात्रै युएइले यान पठाउन सकेको हो। यसअघि खराब मौसमका कारण भन्दै दुई पटक यान पठाउने परियोजना स्थगित गरेको थियो।

सन् २०२१ को फेब्रुअरीमा मङ्गल ग्रहमा पुग्ने यानले उक्त ग्रहको मौसम र जलवायुको अवस्थाबारे अध्ययन गर्नेछ। एजेन्सीको सहयोगमा

प्रकाशित : ५ श्रावण २०७७, सोमबार ००:००