काठमाडौं ५, साउन । गएरातिदेखि नै देशभर वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नम्बर २, बाग्मती, गण्डकी र प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ।
भारी वर्षा हुने ठाउँमा बाढी पहिरो आउन सक्ने भन्दै सतर्क हुन समेत महाशाखाको आग्रह छ।
प्रदेश २ को बारा, पर्सा र रौतहटका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ।
महाशाखाले थप वर्षा हुने भएकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने बाढी जनाएको छ ।
महाशाखाले बुलेटिनमा भनेको छ, ‘नवलपरासीका अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहनुहोला।’
प्रतिक्रिया