२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु, एक जना हाम फालेर बाँचे



काठमाडौं ४, साउन। प्युठानमा ट्याक्टर दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर–५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कविराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर र १९ वर्षीय थमन बाठामगर रहेका छन्।

दुर्घटनामा रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र गोवद्र्धन बुढामगरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता तथा प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको जानकारी दिए।

अनुसन्धानको क्रममा मृतकहरू भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार रहेको खुलेको पौडेको भनाइ छ।

उनीहरू धरमपानीबाट भिङ्गीतर्फ आउँदै थिए। उक्त ट्याक्टरमा आठ जना सवार भएपनि रोल्पाका विशाल थापा भने हामफालेर बाँच्न सफल भएका छन्।

प्रहरीले भारी वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ४ श्रावण २०७७, आइतबार ००:००