२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

आजदेखि पाँच दिन लगातार भारी वर्षा हुने, सतर्कता अपनाउन सरकारको आग्रह



काठमाडौं, ४ साउन । आजदेखि पाँच दिनसम्म भारी वर्षा हुने भएको छ।

लगातारको भारी वर्षाले देशको चुरे तथा पहाडी भूभागमा पहिरो जान सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले वर्षासँगैको बाढी र पहिरो आउने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

तराई क्षेत्रमा पनि नदी तथा आसपासका क्षेत्र र सीमावर्ती क्षेत्रमा डुबानको सम्भावना भएकोले पूर्व तयारी अपनाउ आग्रह गरेको छ।

‘बाढी, पहिरोे तथा डुबानबाट ठूलो मात्रामा जनधनको क्षति हुने सम्भावना छ’ प्राधिकरणले विज्ञप्तीमार्फत जनयाो, ‘सुरुमै सचेत हुन होला।’

प्राधिकरणका अनुसार आपतकालीन सेवाका लागि १४४९ र बाढी तथा पहिरोको पूर्व जानकारीका लागि ११५५ नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न पनि सकिने छ।

यससँगै विपद् व्यवस्थापनमा संलग्न सबै सुरक्षा निकायलाई उद्दारका लागि तयारी अवस्थामा राखिएको तथा गैरसरकारी निकायलाई समेत तुरुन्त परिचालन हुने व्यवस्था मिलाइएको छ।

प्रकाशित : ४ श्रावण २०७७, आइतबार ००:००