काठमाडौं, २ साउन । नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ बस्ने ७३ वर्षीय रहेका छन् । उनी धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका थिए ।
गत असार ३१ गते सप्तरीको राजविराजबाट धरानस्थित प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ७३ वर्षिय वृद्धको बिहीवार राति अन्दाजी १० बजेको समयमा मृत्यु भएको बताइएको छ ।
स्रोतका अनुसार मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोगबाट समेत ग्रस्त रहेको बताइएको छ ।
योसँगै नेपालमा मृत्यु हुनेका संख्या ४० पुगेको छ ।
प्रतिक्रिया