२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

Uncategorized

देउवाविरुद्द तीन नेताको उजुरी



काठमाडौं १, साउन । नेपाली कांग्रेसका तीन जना नेताले पार्टी सभापति देउवाविरुद्द निर्वाचन समितिमा उजुरी दिएका छन्।

आसन्न महाधिवेशन प्रभावित पार्ने गतिविधि गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले उजुरी दिएका हुन्।

महाधिवेशनको ६ महिनाभित्र मनोनयन नियुक्ति गर्नुपर्ने पदमा सभापति देउवाले महाधिवेशनको तयारी सुरु भएसँगै गरेको उजुरीमा उल्लेख छ।

देउवाले पार्टीका विभाग सङ्ख्या ४३ वटा पु¥याएका छन्। त्यसअघि २८ वटा मात्रै थियो। अझैसम्म केहीमा मनोनयन गरिएको छ।

तर, देउवाले मनोनयन बाँकी विभागमा नियुक्ति प्रक्रिया अघि बढाएपछि तीन नेताले विरोध गरेको हो।

महाविधेशनलाई प्रभावित पार्ने काममा सभापति देउवा लागेको भन्दै बुधबार पौडेल पक्षको गुट भेलाले त्यसका विरुद्ध आवाज उठाउने निर्णय गरेको थियो। कांग्रेसको १४औं महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ।

कांग्रेसमा निर्वाचन समितिका संजोजक अधिवक्तासमेत रहेका राधेश्याम अधिकारी छन्।

प्रकाशित : १ श्रावण २०७७, बिहिबार ००:००