काठमाडौं १, साउन । कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरू अब सरकारी खर्चबाट फर्किने भएका छन्।
मन्त्रिपरिषदबाट कोरोना भाइरसका कारण वैदेशिक रोजगारीका क्रममा अपलत्र परेका नागरिकको उद्दार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका – २०७७ पारित भएपछि सरकारी खर्चमा स्वदेश आउने भएका हुन्।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवद्र्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय सरकारले गरेको बताए।
उनका अनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर हाल अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन कोषको रकम प्रयोग गरिने छ।
सरकारले विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किन चाहने नेपाली नागरिकले आफैंले हवाइजहाजको टिकट खरिद गर्नुपर्ने निर्णय यसअघि गरेको थियो ।
त्यसका विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विदेशमा अप्ठेरोमा परेकालाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कोषमा रहेको रकमबाट स्वदेश फर्काउने व्यवस्था मिलाउन आदेश दिएको थियो ।
प्रतिक्रिया