२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

मुख्य खबर

देशभरबाट १०० वटा नमुना विद्यालय छनोट



काठमाडौं, १ साउन । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले देशभरबाट १०० वटा नमुना विद्यालय छनोट गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो। विगतमा नमुना विकासका लागि विद्यालयहरु छनोट नभएका स्थानीय तह अन्तर्गत १०० वटा विद्यालय छनोट गरिएको सो केन्द्रले जनाएको छ।

‘विद्यालय क्षेत्र विकास योजनाअनुसार सबै स्थानीय तहमा क्रमशः नमुना विद्यालय विकास गर्ने लक्ष्य रहेको’ केन्द्रले जनाएको छ।

विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको यस परियोजनाको उद्देश्य आधारभूत तथा माध्यमिक तहमा सिकाईको नतिजामा सुधार गर्ने, माध्यमिक तहको परीक्षा प्रणालीलाई सुधार्ने, लैंगिक, सामाजिक, आर्थिक तथा भौगोलिक हिसाबले स्कुलमा सहभागिता बढाउने, माध्यमिक तहसम्मको पढाई पूरा गर्ने वातावरण बनाउने, शिक्षकको समयतालिका र विद्यालय प्रशासनमा सुधार गर्ने लगायत छन्।

प्रकाशित : १ श्रावण २०७७, बिहिबार ००:००