१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

कोरोनाभाइरस : संक्रमणको हिसावमा नेपाल ६१ औँ स्थान



काठमाडौं, १ साउन । नेपाल कोरोनाभाइरस संक्रमणको हिसावले ६१ स्थानमा रहेको छ । नेपालमा हालसम्म नेपालमा १७ हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ हजार २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

हालसम्म ३९ जनाको कोरोनाको कारण ज्यान गएको अवस्थामा बुधवार मात्र थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

त्यस्तै नेपाल अघि अर्थात ६० औँ स्थानमा अष्ट्रिया रहेको छ । हालसम्म अष्ट्रियामा १९ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : १ श्रावण २०७७, बिहिबार ००:००