काठमाडौं, १ साउन । विश्वभर कोरोनाभाइरस संक्रमण हुनेहरुको संख्या १ करोड ३६ लाख ९० हजार नाघेको छ ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७५४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ८६ हजार ७७६ पुगेको छ ।
एकै दिन १ लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । निको भएका ८० लाख ३६ हजार ६०२ संक्रमितमध्ये १ लाख ८४ हजार १४१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९७ हजार ७५४ जनाको मृत्यु भएको छ । २६ लाख १३ हजार ८०९ जना संक्रमित भएकोमा १५ लाख ४६ हजार १६६ जना संक्रमणमुक्त भएका छन् ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ४० हजार १४० जनाको मृत्यु भईसकेको छ भने ३६ लाख १६ हजार ७४७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ लाख ४५ हजार ९६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ४५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १९ लाख ७० हजार ९०९ जनालाई संक्रमण भएको छ भने ७५ हजार ५२३ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा १३ लाख ६६ हजार ७७५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा अहिलेसम्म २४ हजार ९२९ जनाको मृत्यु भईसकेको छ भने ९ लाख ७० हजार १६९ जनालाई संक्रमण भएको छ । त्यस्तै ६ लाख १३ हजार ७३५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार ७७० जनाको मृत्यु भईसकेको छ भने ७ लाख ४६ हजार ३६९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५ लाख २३ हजार २४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा अहिलेसम्म १२ हजार ४१७ जनाको मृत्यु भएको छ भने ३ लाख ३७ हजार ७२४ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख २६ हजार ४०० जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ३२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ७ हजार १८६ जनाको मृत्यु भएको छ भने ३ लाख २१ हजार २०५ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ९२ हजार ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ९१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ४१३ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४ हजार ५७४ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४५ हजार ५३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९१ हजार ९११ जनालाई संक्रमण भएको छ । त्यहाँ १४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
प्रतिक्रिया