१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

सार्वजनिक सेवा प्रसारण विद्येयकप्रति पत्रकार महासँघको असहमति



काठमाडौं ३०, असार । नेपाल पत्रकार महासंघले सार्वजनिक सेवा प्रसारण विद्येयकमा समावेश गरिएको प्रावधानप्रति असहमति जनाएको छ।

राष्ट्रियसभामा दर्ता भएको उक्त विद्येयकमा सार्वजनिक सेवा प्रसारणका माध्यमलाई नियन्त्रणमा राख्ने प्रस्ताव गरिएको छ।

महासंघले लोकतन्त्रमा सरकार आफैंले सार्वजनिक सञ्चारमाध्यम सञ्चालन नगर्ने विश्वव्यापी मान्यता रहेको जनाएको छ।

सार्वजनिक सेवा प्रसारणका आधारभूत सिद्धान्त विपरीत सरकारी स्वामित्व र नियन्त्रणमा राख्ने प्रस्ताव अस्वीकार्य रहेको पनि प्रष्ट पारेको छ।

विज्ञप्तीमार्फत महासंघले सुझावका रुपमा प्रस्तुत विद्येयक मस्यौदालाई पूरै बेवास्ता गरी सरकारले सरोकारवाला पक्षसँग छलफल र सहमति बनिा संसदमा दर्ता गरेको विद्येयकमा व्यापक सुधार र परिमार्जन गरेर मात्रै अघि बढाउन माग गरेको छ।

गएको असार १४ गते महासंघले आफैंले तयार गरेको नेपाल सार्वजनिक सेवा प्रसारण विद्येयकको नमूना मस्यौदा सरकारलाई हस्तान्तरण गरेको थियो।

प्रकाशित : ३० असार २०७७, मंगलबार ००:००