१९ माघ २०८१, शनिबार । February 2, 2025

Uncategorized

नेपालमा कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत



काठमाडौं, ३० असार । नेपालमा अहिलेसम्म १० हजार ३ सय २८ जना कोरोनाभाइरस संक्रमित निको भएर घरफर्किएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४ जना कोरोना संक्रमण मुक्त भएसँगै सो संख्या पुगेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा आज (सोमवार) थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको छ ।
कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ३० असार २०७७, मंगलबार ००:००