३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

Uncategorized

‘राम’ नेपाली भन्ने प्रम ओलीको अभिव्यक्तिपछि भारतमा आलोचना



काठमाडौं ३०, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भानु जयन्तीको अवसरमा दिएको अभिव्यक्तिलाई लिएर भारतमा आलोचना भएको छ।

प्रम ओलीले ‘अयोध्या’ नेपालमा पर्ने र ‘राम’ नेपाली भएको बताएका थिए। सत्तारूढ भारतीय जनता पार्टीका प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको उक्त अभिव्यक्तिले रामप्रतिको आस्थामा खेलबाड भएको प्रतिक्रिया दिएका छन्।

उनले ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलबाड गर्न दिँदैनन्, चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही होस्।’ भनेका छन्।

प्रम ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको पनि आरोप लगाएका थिए।

ओलीको अभिव्यक्तिलाई भारतीय सञ्चारमाध्यमहरूले विवाद उक्साउने प्रयत्न भनका छन्। केहीले नेपालका प्रमको आश्चर्यजनक र स्तब्ध बनाउने अभिव्यक्ति भन्दै टिप्पणी गरेका छन्।

प्रकाशित : ३० असार २०७७, मंगलबार ००:००