काठमाडौं २९, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दू धर्म शास्त्रमा उल्लेख ‘राम’ को राज्य ‘अयोध्या’ नेपालको वीरगञ्ज पश्चिममा पर्ने बताएका छन्।
तर, भारतले ‘नक्कली अयोध्या’ विवादीत ढङ्गले खडा गरेर नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको बताए।
भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा सोमबार प्रम ओलीले तथ्यहरूमाथि अतिक्रमण भएको र सीता पनि भारतलाई नभई अयोध्याकालाई दिएको दाबी गरे।
‘अहिले भारतले खडा गरिएको अयोध्या होइन, वीरगञ्ज भन्दा अलि पश्चिमपट्टीको गाउँ हो अयोध्या’, उनले भने, ‘अयोध्या भीषण विवाद छ है त्यहाँ (भारत), हाम्रोमा विवाद नै गर्नुपर्दैन।’
प्रम ओलीले अयोध्या वीरगञ्जको पश्चिमपट्टीको ठोरीमा, बाल्मिकीको आश्रम पनि नेपालमै, र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डीत जी रिडीका भएकोले राम पनि भारतीय होइनन् र अयोध्या पनि भारतीयको नभएको जिकिर गरे।
प्रतिक्रिया