काठमाडौं, २९ असार । रुसमा कोरोनाभइरस विरुद्धको भ्याक्सीन परिक्षण सफल भएको छ । रुसको सेचेनोभ यूनिभर्सिटीले आईतवार विश्वमै पहिलोपटक कोरोना भाइरस विरुद्धको भ्याक्सीनको परीक्षण सफल भएको दाबी गरेको छ ।
ट्रान्सनेशनल मेडिसिन एण्ड बायोटेक्नोलोजी भुतिम तारासोभ संस्थानका निर्देशकका अनुसार जो मानिसमा यो भ्याक्सीनको प्रयोग गरिएको छ, उनीहरुमध्येको पहिलो समुहलाई १५ जुलाई तथा दोश्रो समुहलाई २० जुलाईसम्ममा अस्पतालबाट डिस्चार्ज गरिनेछ ।
उनले संसारकै पहिलो कोरोना भाइरसविरुद्धको भ्याक्सीनको सफलतापूर्वक परीक्षण गरिएका बताएका छन् । उनले भ्याक्सीन सुरक्षित भएको पुष्टि पनि भएको छ ।
यो औषधि अब छिट्टै नै बजारमा पाइने कम्पनीले बताएको छ ।
प्रतिक्रिया