२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

अरिङ्गालको टोकाइबाट युवकको मृत्यु



इलाम, २९ असार । अरिङ्गालको टोकाइबाट इलामको फाकफोकथुम–३, रातमाटेका एक किसोरका मृत्यु भएको छ ।

मृत्यु हुनेमा फाकफोकथुम–३, का धनबहादुर राईका छोरा १६ बर्षीय अम्बर राई रहेको प्रहरीले जनाएको छ । राईलाई खेतमा काम गरिरहेको अवस्थामा अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालको टोकाइपछि उनलाई ज्वरो आएको थियो । सोमबार सिकिस्त बनेपछि उपचारको लागि आमचोक स्वास्थ्य चौकि लाने क्रममा बाटैमा उनको मृत्यु भएको आमचोक प्रहरी चौकिका इन्चार्ज सुभेन्द्र कुमार कर्णले बताए ।

प्रकाशित : २९ असार २०७७, सोमबार ००:००