काठमाडौं २९ असार । नेपालमा कोरोना भाइरस संक्रमितका संख्या १ सय ४४ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १सय ४४ जनामा संक्रमण देखिएको हो ।
नेपालमा हालसम्म संक्रमित १६ हजार ९ सय ४५ पुगेको छ ।
१० हजार २ सय ९४ उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएको छ ।
प्रतिक्रिया