काठमाडौं २९, असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अमेरिकी सहयोग परियोजना एमसिसीबारे पार्टीले कुनै निर्णय नगरेको बताएका छन्।
एमसिसीबारे हालसम्म पार्टीले कुनै आधिकारीक धारणासमेत सार्वजनिक नगरेको अध्यक्ष यादवले स्पष्ट पारेका छन्।
उनले हाल जनता समाजवादीको नामबाट बाहिर आएको एमसिसीबारेको धारणा आधिकारीक नभएको जिकिर गरे।
‘पार्टीको निर्णय भनी एमसिसीबारेमा केही सामाजिक सञ्जाल र सञ्चार माध्यमद्धारा प्रचार गरिनु भ्रामक र गलत हुन्।’ अध्यक्ष यादवले भनेका छन्।
हालै एमसिसीबारे यावद अध्यक्ष रहेको पार्टीको धारणा भन्दै सार्वजनिक भएको छ।
प्रतिक्रिया