![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/presidential-election-of-poland.png?resize=601%2C301)
काठमाडौं २९, असार । पोल्याण्डमा राष्ट्रपतीय निर्वाचनमा चर्काे प्रतिस्पर्धा हुने देखिएको छ।
कट्टरपन्थी, लोकतान्त्रिक सत्ताधारी र उदारवादी युरोपका समर्थकहरूबीच प्रतिस्पर्धा हुने देखिएको हो।
चुनावी मैदानमा वर्तमान राष्ट्रपति आन्द्रेज डुडा र राफल ट्रास्कोस्कोस्की छन्।डुढाले सत्तारूढ दक्षिणपन्थी कानुन र न्याय पार्टी र सरकारको समर्थन पाएका छन्। उनी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्।
युरोपेली संसदका पूर्वसांसद ट्रास्कोस्कोस्की अल्पसङ्ख्यक समुदाय र जातीय समूहहरूको मत लिने होडमा छन्।
निर्वाचनको पूर्वसन्ध्यामा गरिएको मत सर्बेक्षणअनुसार यो निर्वाचनको परिणामले युरोपियन युनियनहरूबीच नै विभाजन ल्याउन सक्ने जनाइएको छ। #एजेन्सीको सहयोगमा
प्रतिक्रिया