२० माघ २०८१, आइतबार । February 2, 2025

Uncategorized

तनहुँमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, पाँच जना बेपत्ता



काठमाडौं २९, असार । तनहुँको म्याग्दे र ब्यास गाउँपालिकामा पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ। ऋषिङ गाउँपालिकामा पनि पाँच जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएअनुसार म्याग्दे गाउँपालिकाको वडा नम्बर–६ को बेलौतेडाँडामा पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको हो।

गम्भीर घाइते अवस्थामा उद्दार गरिएका उनको रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले व्यास नगरपालिका–७ को कलेस्तीमा पहिरोले पुरिँदा एक जनाको मुत्ये भएको बताए। तर, उनको पहिचान हुन बाँकी रहेको छ।

ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा घर पुरिएपछि एकै परिवारका ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीया नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा बेपत्ता भएका छन्।

६० वर्षीया ज्योतिमाया थापालाई भने उपचारका लागि भीमाद लगिएको छ। बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको डिएसपी तिमिल्सिनाले बताए।

#फाइल तस्बिर

प्रकाशित : २९ असार २०७७, सोमबार ००:००