काठमाण्डौं । भारतीय चलचित्र उद्योगका प्रख्यात अभिनेता अमिताभ बच्चन सहित उनका परिवारका अन्य सदस्यहरुलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/Abhishek_Birthday.jpeg?resize=720%2C360)
बच्चन सहित उनका बुहारी प्रब्यात अभिनेत्री ऐश्वर्या राय बच्चन, अभिनेता छोरा अभिषेक बच्चन र आठ बर्षिया नातीनी आरध्या बच्चनलाई पनि कोरोना भएको जाँच पछि पुष्टि भएको अभिषेक बच्चनले आफ्नो आधिकारिक ट्वीटर पेजबाट सार्वजानिक गरेका हुन् ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/IMG_7883.jpg?resize=720%2C957)
ट्वीचरमा लेखेका छन् आमाको पनि जाँच गरिएको तर संक्रमण भने नभेटिएको बताएका छन् । उनले शुभचिन्तकहरुलाई भनेका छन, आफु हस्पिटलमा उपचाररत रहेको तर ऐश्वर्या र छोरी भने घरैमा स्वास्थ्यलाभ लिईरहेका छन्, बिरामी भने सामान्य रहेकोले निश्चिन्त रहनुस् ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/IMG_7882.jpg?resize=720%2C937)
यस अघिनै अमिताभले आफुलाई कोरोना संक्रमण भएको भनि भिडियो सन्देशबाटै सार्वजानिक गरेका थिए । नयाँ ट्विटमा अमितभले लेखेका छन्, आफुलाई कोरोना नभएको पनि हुन सक्छ। उनको नयाँ ट्विटको मतलब, उनको स्वास्थ्य सामान्य हुनसक्छ ।
प्रतिक्रिया