काठमाडाैं २८, असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तत: सार्वजनिक फोरममा मास्क लगाएका छन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीबाट जोगिनका लागि मास्क अनिवार्य लगाउनुपर्ने बताउँदै पनि ट्रम्पले मास्क प्रयोग गर्न अस्वीकार गर्दै आएका थिए ।
राष्ट्रपति ट्रम्पले वाल्टर रिट मिलिटरी हस्पिटलमा घाइते भएका सेनालाई भेट्न जाने क्रममा उनले मास्क लगाएका हुन् ।
उनले ह्वाइटहाउसबाट बाहिरिँदा भने, “म मास्क प्रयोगको विरोधी होइन । तर, त्यो कस्तो समय र स्थानमा लागउनुपर्छ भन्ने कुरामा विश्वास गर्छु।” उनले यसअघि मास्क प्रयोग गर्न अस्वीकार गर्दै राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडेनलाई मास्क प्रयोग गरेको विषयमा जिस्क्याएका थिए ।
तर, शनिबार उनले भने, “मलाई लाग्छ, जब तपाईंहरु अस्पतालमा हुनुहुन्छ, धेरै मानिसहरुसँग कुराकानी गर्दैं हुनुहुन्छ भने विशेष अवस्थाहरुमा मास्क लगाउनु आवश्यक छ ।” अमेरिकामा शनिबार एकैदिन ६६ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित देखिएपछि उनले मास्क प्रयोग गरेका हुन् । – बीबीसी
प्रतिक्रिया