जाजरकोट, २६ असार । गएराति जाजरकोटमा पहिरोमा हराएका ७ जनाको शव फेला परेको छ । पहिरोले २ वटा घर बगाउँदा १२ जना बेपत्ता भएका थिए ।
प्रहरीका अनुसार बेपत्ताहरु मध्ये ७ जनाको शव फेला परेको हो । फेला परेका मध्ये तीन जनाको पहिचान खुल्न बाँकी रहेको जाजरकोटाका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।
जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार बेपत्ता मध्ये सातजनाको शव भेटिएको र जसमध्ये तीनजनाको पहिचान खुल्न सकेको छैन ।
बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका– ४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाएको हो ।–सांकेतिक तस्वीर
यो पनि पढ्नुहोस्
पोखरामा पहिरोको बितण्डा : घर पुरिँदा ६ जनाको मृत्यु, ९ जना घाइते
प्रतिक्रिया