![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/Sher-bdr-deuba.jpg?resize=720%2C639)
काठमाडौं २६, असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको जीवन रक्षा, उद्दार र राहतको कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गरेका छन्।
छिटोभन्दा छिटो प्रभावित क्षेत्रमा उद्दार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न पनि सरकारसँग आग्रह गरेका छन्।
उनले कांग्रेसका स्थानीय पार्टी निकायहरू तथा भातृ एवम् शुभेच्छुक संघसंस्थाहरूलाई पनि पीडित परिवारको तत्काल उद्दार र राहत कार्यमा आवश्यक सहयोग पु¥याउन निर्देशन दिए।
मुलुक कोरोना कहरको पीडामा रहेको बेला फेरि अर्को प्राकृतिक विपद् बाढी, पहिरोको समेत सामना गर्नु परेको भन्दै प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाहरूप्रति सभापति देउवाले दुःख व्यक्त गरेका छन्।
अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण कास्कीमा ७ जनाको मृत्यु र ११ जना घाइते, लम्जुङमा ३ जनाको मृत्यु र ४ जना घाइते, सिन्धुपाल्चोकमा २ जनाको मृत्यु, २१ जना बेपत्ता र म्याग्दीमा ३२ जना बेपत्ता भएका छन्।कैयौं मानिसहरू बिस्थापित भएका छन्।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/Asar-26-Flood-Kaski-Maygdi-Lamjung-Sindhupalchowk-791x1024.jpg?resize=720%2C932)
प्रतिक्रिया