१९ माघ २०८१, शनिबार । February 1, 2025

ग्लोबल

कुख्यात भारतीय गुण्डा नाइके दुवे मारिए



काठमाडौं २६, असार । भारतका कुख्यात गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिएका छन्। भारतीय प्रहरीले प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा दुवे मारिएको दाबी गरेको छ।

आज (शुक्रबार) बिहान कानपुर लाँदै गर्दा दुवे सवार गाडी साढे ६ बजेतिर सडक किनारमा पल्टिएको र त्यसपछि दुवेले प्रहरीको हतियार खोसेर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि जवाफी कारबाही गर्दा दुवे मारिएको प्रहरी दाबी छ।

छाती र कम्मरमा गोली लागेका उनलाई अस्पताल लैजाँदै आज बिहान ७ : ५५ मा मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। यसअघि दुवे समूहसँगको मुठभेडमा एक डिएसपीसहित ८ जना प्रहरीको मृत्यु भएको थियो।

प्रकाशित : २६ असार २०७७, शुक्रबार ००:००