![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/weather-predict.png?resize=720%2C688)
काठमाडौं २६, असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर वर्षा हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार रातिदेखि नै देशको विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा भइरहेको छ।
दिउँसो भने सातै प्रदेशको केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने छ। आज राति पनि सातै प्रदेशमा वर्षा हुने छ।
प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा प्रदेश ५, सुदुरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुने छ।
महाशाखाले आज बिहान ७ बजे सार्वजनिक गरेको जानकारी अनुसार ६ घण्टामा प्रदेश २, ५ र गण्डकी प्रदेशको धेरै स्थानमा भारी वर्षाको मापन गरेको छ।
अर्को ६ घण्टा पनि धेरै स्थानमा बागमती, १, २, ५ र गण्डकी प्रदेशका केही साना नदीमा बहाब बढेर खतरा हुने जनाएको छ।
प्रतिक्रिया