३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

Uncategorized

सार्वजनिक सवारी र ट्याक्सी आजदेखि रोडमा सरर….



काठमाडौं २६, असार । बन्दाबन्दी भएको साढे तीन महिनापछि आज (शुक्रबार) देखि सरकारले सार्वजनिक सवारी र ट्याक्सी सञ्चालन गर्न दिने भएको छ।तर, काठमाडौं उत्पयकाबाहेकका जिल्लाहरूमा अन्तर जिल्ला सवारी सञ्चालन गर्न नदिने भएको छ।

सरकारले सवारी सञ्चालन गर्न नदिँदा बैंकको किस्ता तिर्न नपाएको, हजारौं मजदुर बिचल्लीमा परेकोदेखि महिनौंदेखि सवारी थन्क्याइँदा ड्यामेज हुन लागेको भन्दै सञ्चालन गर्न नदिए चाबी बुझाउने यातायात व्यवसायीले चेतावनी दिएपछि बल्ल सरकारले सञ्चालन गर्न दिने भएको हो।

मन्त्रीपरिषदको निर्णय हिजो (बिहीबार) सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सार्वजनिक सवारीले ५० प्रतिशत कम यात्रु बोक्नु पर्ने र ५० प्रतिशत बढी भाडा यात्रुबाट असुल्न पाउने बताए।

कम यात्रु बोकाएर बढी भाडा लिन लगाउनुको कारण सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई सहज होस् भनेर निर्णय गरिएको मन्त्री खतिवडाको भनाइ छ।

तर, सवारी चालकले सवारीमा अनिवार्य स्यानिटाइजर छर्किनु पर्ने सरकारले जनाएको छ। चालक र यात्रुलाई मास्क अनिवार्य गरिएको छ।

सरकारले जेठकाे चाैंथाे सातादेखि नै निजी सवारी भने सञ्चालन गर्न दिएका थियाे। काेराेना संक्रमणकाे महामारीपछि सरकारले काेराेना नियन्त्रण र राेकथामका लागि चैत ११ गतेदेखि बन्दाबन्दी गर्दा सबै खालका सवारी सञ्चालन ठप्प थियाे।

प्रकाशित : २६ असार २०७७, शुक्रबार ००:००