![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/Pashupati-shamhser.png?resize=704%2C392)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लामा भएको प्राकृतिक प्रकोपका पीडितलाई यथाशीघ्र उद्धार र राहत दिनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सिन्धुपाल्चोक, बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा बाढी पहिरोबाट भएको जनधनको क्षतिलाई दृष्टिगत गर्दै सरकारले छिटोभन्दा छिटो पीडित परिवारको उद्धार गरी राहतको व्यवस्था गर्नु पर्ने अध्यक्ष राणाले सरकारसँग जोडदार माग गरेका छन् ।
‘हिजो रातिको अविरल वर्षाको कारण सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे जम्बु बजार डुबानमा परेको र पुलसमेत बगाएको, १४ घर डुबानमा परी १९ जना वेपत्ता भएको र दुई जनाको शव फेला परेको खबर र भोटेकोशी गाउँपालिका समेतको दुःखद् क्षतिको खबरले मर्माहत भएको छु,’ बिहीबार एक वक्तव्य जारी गर्दै उनले भने ।
‘यस दुःखद घडीमा दिवंगतआत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु,’ राणाले भने ।
प्रतिक्रिया