२४ माघ २०८१, बिहिबार । February 6, 2025

समाचार

‘नक्कली प्रहरी’ सक्कली प्रहरीद्दारा पक्राउ



काठमाडौं २५, असार । ‘नक्कली प्रहरी’ बन्दै सर्वसाधारण मानिसलाई १९ लाख रूपैयाँ ठगेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्।

‘नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) हुँ’ भन्दै ठगी धन्दामा संलग्न कृष्णराम गिरीलाई प्रहरीले पक्राउ गरेको हो। उनी सिन्धुपाल्चोकको रहेको खुलेको छ।

काठमाडौं प्रहरी परिसरले पक्राउ परेका गिरीले अपराध अनुसन्धान ब्युरोमा कार्यरत रहेको भनेर सर्वसाधारणलाई विश्वास दिलाउँदै ठगेको पाइएको जनाएको छ।

महागनरीय प्रहरी वृत्त, बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। गिरीले फेसबुक आइडीमा समेत असई भएको विवरण राखेको पाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित : २५ असार २०७७, बिहिबार ००:००