काठमाडौं, २५ असार । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद गुमेको छ।
संघीय संसद सचिवालयले गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको छ।
नेपालको नयाँ नक्साको गिरीले विरोध गरेकी थिइन्। पार्टीको ह्विप उल्लंघन गरेको आरोपमा गिरीलाई निष्काशन गरिएको पार्टीले जानकारी आयोगलाई दिएको थियो।
संसद सचिवावलयले गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकाशन गरेको छ ।
उनले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिइन्।
प्रतिक्रिया