काठमाडौं २५, असार । सरकारले भोली (शुक्रबार) देखि सार्वजनिक सवारी र ट्याक्सी सञ्चालन गर्न दिने भएको छ।
मन्त्रीपरिषद बैठकले काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाको हकमा एउटा जिल्ला देखि अर्को जिल्लामा सञ्चालन गर्न नपाउने गरी सार्वजनिक सवारी र ट्याक्सी चल्न दिने निर्णय गरेको हो। काठमाडौं उपत्यकाको भने तीनवटै जिल्लामा चल्न दिने भएको छ।
आज (बिहीबार) मन्त्रीपरिषद बैठककाे निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले यसरी चल्ने सवारीले पहिले भन्दा ५० प्रतिशत कम यात्रु बोक्नु पर्ने बताए। र, यातायात व्यवसायीले पहिलेभन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने पनि बताए।
तर, सार्वजनिक सवारी र ट्याक्सी चालकले सवारीमा अनिवार्य स्यानिटाइजर छर्किनु पर्नेछ। चालकसहित यात्रुहरूले मास्क अनिवार्य लगाउनु पर्ने निर्णय भएको पनि मन्त्री खतिवडाले बताएका छन्।
प्रतिक्रिया