काठमाडौं २५, असार । नेपालमा गएको २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएको सङ्ख्या जोड्दा संक्रमितको सङ्ख्या १६ हजार ५३१ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५८८ वटा पिसिआर परीक्षण गर्दा १०८ जनामा संक्रमण पुष्टि भएको बताए।
उनले गएको २४ घण्टामा १३९ जना निको भएर अस्पतालबाट घर फर्केको पनि बताए। यसरी निको भएर घर फर्किने संक्रमितको सङ्ख्या बिहीबारसम्म ७ हजार ८९१ पुगेको छ।
देशभर आइसोलेसनमा ८ हजार ६०५ जना रहेका छन्। हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया