काठमाडौं, २५ असार । सिन्धुपाल्चोकमा आएको बाढीमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा कार्यरत एक चिनियाँ प्राविधिक वेपत्ता भएका छन् ।
बाढीका कारण आयोजनाका लागि ल्याइएको सामाग्रीहरु बगाउँदा अर्बौ मात्रामा क्षति भएको आयोजनाले जनाएको छ ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
गए राति आएको बाढीका कारण २ जनाको मृत्यु भएको छ । १८ जना भन्दा वेपत्ता भएको बुझिएको छ ।
प्रतिक्रिया