काठमाडौं, २४ असार । कोरोना भाइरसको महामारीले विश्व नै भयाभय स्थिति छ । स्वास्थ्य क्षेत्रको मुख्य चुनौतिको रुपमा बनेको भाइरसका कारण अहिले सम्म ५ लाख ५२ हजार ४६ जनाको मृत्यु भईसकेको छ । त्यस्तै १ करोड २१ लाख ६४ हजार ७२३ जनालाई संक्रमण भएको छ ।
७० लाख ३० हजार १९१ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् । विश्वमा ५८ हजार ३१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको विश्व स्वास्थ्यसंगठनले जनाएको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३४ हजार ८६२ जनाको मृत्यु भईसकेको छ । ३१ लाख ५८ हजार ९३२ जनालाई संक्रमण भएको छ । १३ लाख ९२ हजार ६७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
ब्राजिलमा अहिलेसम्म १७ लाख १६ हजार १९६ जनालाई संक्रमण देखिएको छ । ६८ हजार ५५ जनाको मृत्यु भएको छ ।
त्यहाँ ११ लाख १७ हजार ९२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा २१ हजार १४४ जनाको मृत्यु भईसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ७ लाख ६९ हजार ५२ जनालाई संक्रमण भएको छ । त्यस्तै ४ लाख ७६ हजार ५५४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
रुसमा १० हजार ६६७ जनाको मृत्यु भईसकेको छ । ७ लाख ७९२ जनालाई संक्रमण भएको छ ।
पेरुमा अहिलेसम्म ११ हजार १३३ जनाको मृत्यु भएको । ३ लाख १२ हजार ९११ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख ४ हजार ७४८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार २६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
चिलीमा अहिलेसम्म कोरोनाबाट ६ हजार ५७३ जनाको मृत्यु भएको छ भने ३ लाख ३ हजार ८३ जनालाई संक्रमण भएको छ ।
स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३९६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९९ हजार ५९३ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
बेलायतमा अहिलेसम्म ४४ हजार ५१७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८६ हजार ९७९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३२ हजार ७९६ जनाको मृत्यु भएको छ भने २ लाख ७५ हजार ३ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ६७ हजार ७९५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ७८२ जनाको मृत्यु भएको छ भने ६ हजार ९९५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ईरानमा अहिलेसम्म १२ हजार ८४ जनाको मृत्यु भएको छ भने २ लाख ४८ हजार ३७९ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ९ हजार ४६३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ३०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ९१४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४२ हजार १४९ जनालाई संक्रमण भएको छ ।
पाकिस्तानमा अहिलेसम्म ४ हजार ९२२ जनाको मृत्यु भएको छ भने २ लाख ३७ हजार ४८९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ४० हजार ९६५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार २३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
प्रतिक्रिया