काठमाडौं, २५ असार । नेपालमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबारको तुलनामा बिहिबार सुनको मूल्य ९ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
बुधबार सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन ९१ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया