काठमाडौं, २५ असार । आठ जना प्रहरीको हत्याका मुख्य अभियुक्त प्रहरीले पक्राउ गरेको छ ।
भारतको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबेलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको हो ।
भारतीय समाचार माध्यमका अनुसार उज्जैनको महाकाल मन्दिरबाट विकास दुबेलाई पक्राउ गरिएको हो । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले विकास मध्यप्रदेशको हिरासतमा भएको जानकारी दिँदै उनलाई कसरी पक्राउ गरियो भन्नेबारे केही जानकारी दिनु ठिक नभएको बताए ।
उत्तर प्रदेश प्रहरीको समूहले उनलाई पछिल्लो एक हप्ता अधिबाट खोजी गरीरहेको थियो ।
प्रतिक्रिया