२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

ग्लोबल

मन्त्रीपरिषद बैठक सकिएपछि आइभरीकोस्टका प्रधानमन्त्रीको निधन



काठमाडौं २५, असार । आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको मन्त्रीपरिषद बैठक सकिने बित्तिकै निधन भएको छ। ६१ वर्षको उमेरमा उनको निधन भएको हो।

आफैंले आह्वान गरेको मन्त्रीपरिषद बैठकमा छाती दुख्यो भनेका उनको बैठक सकिएपछि अस्पतालमा जाँदा त्यहीँ निधन भएको हो।

उनी मुटु रोगी थिए। फ्रान्समा दुई महिना मुटुको उपचार गरी हालै उनी स्वेदश फर्केका थिए।

सत्तारूढ पार्टीले आगामी अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि कोबालीलाई उम्मेदवार घोषणा गरेको थियो। उनको सन् २०१२ मा मुटु प्रत्यारोपण भएको थियो।

(एजेन्सीकाे सहयाेगमा)

प्रकाशित : २५ असार २०७७, बिहिबार ००:००