![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/Flood-1.jpg?resize=720%2C540)
काठमाडौं २५, असार । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको गातीमा रहेको जम्बु बजार खोलाले बगाएको छ।
गएराति वर्षासँगै ठाडो खोलामा आएको बाढीले १५ घर बगाएको छ।बाह्रबिसे नगरपालिकाका उपप्रमुख शान्ती पाख्रीनले १९ जना बेपत्ता भएको बताइन्।
दुई जनाको भने शव फेला परेको छ।पाख्रिनकाअनुसार बेपत्ताहरूको खोजी कार्य भइरहेको छ। उद्दारका लागि नेपाली सेना र नेपाल प्रहरी पठाएको भएपनि बाढी गएको क्षेत्रमा सुरक्षाकर्मी जान नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
उपप्रमुख पाख्रिनले खोला सडकमाथि बगिरहेको र निरन्तर पानी परिरहेकोले जान सक्ने अवस्था नरहेको बताएकी छिन्।
अरनीको राजमार्गको विभिन्न क्षेत्रमा पनि पहिरो गएको छ। जसले गर्दा सवारी साधन आवातजावतमा समस्या भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
तस्बिर : अनिता लामा याेञ्जनकाे फेसबुकबाट
प्रतिक्रिया