
काठमाडौं २४, असार । नुवाकोटको तादी गाउँपालिका–५ नर्जाका २४ वर्षीय राम तामाङ र अर्का एक जनालाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरी टोलीले तामाङको घरमा तलासी गर्दा बन्दुक फेला परेपछि उनीसहित अर्का एक जनालाई पक्राउ गरेको हो।
प्रहरीले रामसँगै पक्राउ परेका अर्का एक जनाको पहिचान खुलाएको छैन।
प्रतिक्रिया