२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

समाचार

जङ्गलबाट अभियुक्त पक्राउ



काठमाडौं २४, असार । ज्यान मार्ने उद्योग र हातहतियार खरखजाना मुद्दामा फरार रहेका रौतहटको चन्द्रपुर नगरपालिका–२ खरियान डाँडाटोलका ४० वर्षीय जमानसिंह वाइबालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोलीले वाइबालाई चन्द्रपुर नगरपालिका–२ को जुडिवेलास्थित जङ्गलबाट पक्राउ गरेको हो।

उनीविरुद्ध थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित : २४ असार २०७७, बुधबार ००:००