काठमाडौं २४, असार । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार रहेका एक जना अभियुक्त पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरको सूर्यबिनायक नगरपालिकास्थित बासुटोलका ४२ वर्षीय भूपेन्द्र गोराजु रहेका छन्।
उच्च अदालत पाटनको २०७५ चैत २४ गतेको फैसलाले ५० लाख रूपैयाँ जरिवाना र २ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
भूपेन्द्रलाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जनाएको छ।
प्रतिक्रिया