काठमाडौं २४, असार । कोरोना भाइरसलाई सुरुदेखि नै सामान्य फ्लु ठान्ने ब्राजिलका राष्ट्रपतिलाई पनि कोरोना संक्रमण देखिएको छ।
बेलायती प्रधानमन्त्री जोन्सन र अमेरिकी राष्ट्रपति ट्रम्पले जसरी ब्राजिलियन राष्ट्रपति जायर बोल्सोनारूले कोरोना संक्रमण सामान्य भएको बताउँदै आएका थिए।
जसले गर्दा राष्ट्रपति बोल्सोनारूले मुलुकलाई लकडाउन गर्न चाहेनन्। लकडाउन गरे अर्थतन्त्रमा असर पर्ने उनको धारणा थियो।
तर, उनमा आइतबारदेखि नै उच्च ज्वरो र खोकीसहित कोरानाको सम्भावित लक्षण देखा पर्याे।
त्यसपछि स्वाव परीक्षण गर्दा उनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
संक्रमण भएपनि उनले आफूमा ज्वरो कम हुँदै गएको र ठीकै महसुस गरिरहेको राष्ट्रपति बोल्सोनारूले बताएका छन्।
उनलाई अहिले चिकित्सकहरूले हाइड्रोक्सीक्लोरोक्वीन तथा एन्टीबायोटिक एजिथ्रोमाइसिन दिएका छन्।
जुन औलोविरुद्धको औषधि हो। यी औषधीले कोरोना निको पार्छ भन्ने प्रमाण हालसम्म छैन।
६५ वर्षीय उनी कोरोना संक्रमणको जोखिम समूहमा पर्छन्।
प्रतिक्रिया