२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

मुख्य खबर

नेपाल–भारत सीमा नाका झुलाघाट तीन दिन खुल्ला



काठमाडौं २४, असार । नेपाली नागरिकलाई स्वदेश फर्काउन र भारतमा पेन्सन बुझ्न जानका लागि नेपाल–भारत सीमा नाका झुलाघाट तीन दिन खुल्ला गरिने भएको छ।

बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले नेपाल र भारतका स्थानीय प्रशासनसँगको समन्वयमा निश्चित अवधिका लागि झुलाघाट नाका खुला गर्ने सहमति भएको बताए।

नेगीकाअनुसार दैनिक एक सय जना पेन्सन बुझ्न जानेलाई मात्रै भारत प्रवेश गर्न दिइने छ। र, फर्किँदा चेकजाँच गरेर स्वेदश फर्काइनेछ।

यता स्वेदश आएका तर सीमामै फसेका भने करिब २०० जना नेपाली रहेका छन्।

प्रकाशित : २४ असार २०७७, बुधबार ००:००