काठमाडौं २२, असार । गुल्मीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सत्यवती गाउँपालिका–४ लिम्घा बस्ने २७ वर्षीय भीमबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ।
बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
ओखलढुङगामा पनि ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका–४ सौरेनी बस्ने वीरबहादुर दमाईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
दमाईलाई ती बालिकालाई प्रलोभन देखाई आफ्नै घरको कोठामा लगि जबरजस्ती करणी गरेको अभियोग लागेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
दुबै जनाविरुद्ध प्रहरीले जबरजस्ती करणीसम्बन्धी कसूरमा अनुसन्धान थालेको छ।
प्रतिक्रिया