२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

समाचार

दुई लाख २५ हजारसहित दश जना तासे प्रहरी नियन्त्रणमा



काठमाडौं २२, असार । दाङको तुलसीपुर उपमहानगरपालिका–७ नयाँबस्तीका ३६ वर्षीय प्रेमबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनारसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूको साथबाट प्रहरीले नगद दुई लाख २५ हजार रूपैयाँ र ४ गड्डी तास पनि बरामद गरेको छ।

गएराति इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।

उनीविरुद्द प्रहरीले जुवा ऐनअन्र्गत मुद्दा दर्तापछि थप अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित : २२ असार २०७७, सोमबार ००:००