२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

अर्थ

बैंकिङ कसूरका फरार दुई अभियुक्त पक्राउ



काठमाडौं २२, असार । बैंकिङ कसूरमा फरार रहेका दुइजना अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ नयाँबजारका ५५ वर्षीय राजमान सुनार र तारकेश्वर नगरपालिका–१५ ठेगाना भएका ४१ वर्षीय विश्वमर्दन बस्नेत रहेका छन्।

प्रहरीले सुनारलाई काठमाडौंको तारकेश्वर र बस्नेतलाई काठमाडौंको धर्मस्थलीबाट पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये सुनारलाई उच्च अदालत पाटनले २०७६ फागुन २१ गते फैसला गर्दै बैंकिङ कसूरमामा १४ लाख ६९ हजार ६४० रूपैयाँ र पाँच दिन कैद तथा बस्नेतलाई सोही अदालतले २०७६ फागुन १८ गते सोही कसूरमा फैसला गर्दै १३ लाख रूपैयाँ जरिवाना र पाँच दिन कैद सजाय सुनाएको थियो।

उनीहरूले आफ्नो खातामा रकम मौज्दात नभएको भन्ने जानि जानि झुक्याउन रकम भुक्तानको लागि विभिन्न व्यक्तिलाई विभिन्न बैंकको नाममा रहेका चेक काटी दिई हालसम्म फरार रहेको अनुसन्धानबाट खुल्न आएको ब्युरोले जनाएको छ।

ब्युरोकाअनुसार दुबै जना अभियुक्तलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ।

प्रकाशित : २२ असार २०७७, सोमबार ००:००