२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

प्रेमवादी विश्वव्यापी मञ्चको ‘जुम कम्फेरेन्स’ सम्पन्न



काठमाडौं २२, असार । हेभेन्ली पाथअन्तर्गतको ‘प्रेमवादी विश्वब्यापी मञ्च’ को संयोजन र स्पिरिचुअल एस्सेम्बलीद्दारा आयोजित १५ औं अन्तर्राष्ट्रिय ‘जुम कन्फेरेन्स’ सम्पन्न भएको छ।

गुरू पुर्णिमाको अवसरमा आयोजित उक्त कन्फेरेन्समा पूर्वमन्त्रीसमेत रहेका लेखक श्रीप्रसाद जबेगूले प्रेमवाद दर्शन र यसले सामाजिक रूपान्तरणमा खेलेको भूमिका लोकप्रीय भएकोले आफू पनि प्रभावित भएको बताएका छन्।

माक्सवादी चिन्तनको अध्ययन गरी राजनैतिक क्षेत्रमा सक्रिय भएपनि पछिल्लो समय पूर्वीय दर्शनको अध्ययनमा चासो लिँदा प्रेमवाद दर्शन राम्रो रहेको पाइएको जबेगूको दाबी छ।

अर्का लेखक तथा समाजसेवी मनिश्वर राईले धर्मको नाममा अन्धभक्त हुन नहुने तर, आध्यात्मिक चेतनाको विश्वविद्यालय भने धर्म नै रहेको बताएका छन्।

‘मानिसलाई ज्ञानि र असल बनाउन अध्यात्मले गहन भूमिका खेल्छ, दर्शनदाता स्वर्गदूत हिज होलिनेस मास्टर गडएन्जलज्यूप्रतिको अटल आस्था र संघको स्थापनाकालको स्मरण गर्छु’, उनले भने, ‘सबै धर्मको असल पक्षहरूलाई समेटेर मानव हित कार्यमा प्रयोग गर्ने हेभेन्ली पाथको दर्शन र संस्कार उत्कृष्ट छ।’

कन्फेरेन्सको प्रमुख वक्ता संस्थाका निहिङ गुरूले संस्था र दर्शनदातासँगको सामिप्यतासँगै लगाबबारे धारणा राख्दै विश्वभरीका यात्रीलाई दर्शनप्रति सचेत र जागरूक रहन आग्रह गरे। उनले हेभेन्लीपाथको प्रेमवाद दर्शन मानव जीवनमा अपरिहार्य रहेको मत राखे।

कन्फेरेन्समा हङकङबाट स्वन्नी माँ, नेपालबाट सेमिङ गुरू, जापानको टोकियोबाट रिजोइन गुरू र पाँचथरको फिदिमबाट शेन मुन्धुम गुरू सहभागी हुँदै गुरू पूर्णिमाको चर्चा गर्दा हेभेन्लीपाथको दर्शनदाताको सम्झना गरेका थिए।

गुरू सेमिङको संयोजकत्व र रिजोइन गुरूको युनिभर्सल प्रार्थनाबाट सुरू भएको कन्फेरेन्समा विभिन्न देशका हेभेन्लीपाथ संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो।

कन्फेरेन्सको सहजीकरण शंकर मुखियाले गरेका थिए।

प्रकाशित : २२ असार २०७७, सोमबार ००:००