२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

समाचार

ताप्लेजुङमा थप दुई जनामा कोरोना संक्रमण



काठमाडौं २२, असार । ताप्लेजुङमा साउदीबाट आएका एक पुरुष र कुबेतबाट आएकी एक महिलामा कोरोना संक्रमण देखिएको छ।

संक्रमित पुरुष पाथिभरा–याङवरक गाउँपालिका र महिला फुङलिङ नगरपालिका वडा नम्बर–७ का हुन्।

जिल्ला अस्पताल ताप्लेजुङले दुबै जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको जनाएको छ। हाल दुबै जनालाई जिल्ला अस्पतालमा रहेको आइसोलेसन वार्डमा राखिएको छ।

यससँगै ताप्लेजुङमा कोरोना संक्रमितको सङ्ख्या तीन पुगेको छ।

प्रकाशित : २२ असार २०७७, सोमबार ००:००